पब्लिक फिगर बनेका ब्यक्तिवहरु विवादमा आउनु भनेको ठुलो कुरा  हैन l फरक यती रहन्छ कोही राम्रा कुराले विवादमा तानिन्छन् भने कोही नराम्रा कुराले l प्राय: विवादमा तानिने भनेकै हाम्रा देशका गहना भनेर उपाधि पाएका सेलिब्रेटीहरुनै हुन् l दिमाग्नै सबै भन्दा ठुलो चिज्ज हो , तर यो उखानलाई हाम्रा सेलेब्रेटीहरुले जीवनमा लागु भने कहिले गरेनन् l साना चिजले विवादमा तानिन्छु भनेर मनमा थाहा हुँदा हुँदै पनि बोलीमा लगाम लगाउन कहिले जानेन् l के बोल्दै छु भनेर थाहा पाउँदैनन्, प्याच्च बोल्छन्, अनि विवादमा तानिन्छन् l अन्त्यमा रुवाइ कराइ गरेर सञ्जालमा माफी माग्न आउँछन् ,जीवनमा दाग लाग्यो भनेर l कुरा गरौँ अहिलेकी जल्दी बल्दी मोडेल गरिमा शर्माकै l उनै टिकटक स्टार शर्मा अहिले विवादमा तानिएकी छिन् l विवादमा आउनुको मूल कारण आफ्नै बोलीलाई ठिक ठाउँमा राख्न नसकेर हो l केही दीन देखी उनको गायक दुर्गेश थापा सँग टिकटक लाइभमा गरेको कुराकानीको सानो टुक्रो सामाजिक सञ्जालमा छाइरहेको छ l सो भिडियो लाई हेर्ने हो भने कतै गरिमा टिकटक बाट पाएको जीवन, टिकटक बाटै खेर फाल्न त खोजिरहेकी छैनन् भनेर सोच्न बाध्य बनाउँछ l भिडियोमा यी दुई प्रेमी प्रेमिका बनेर अनेकौँ कुरा गरी रहेका छन् l सोही भिडियोको टुक्रालाई मुख्य रिपोर्ट बनाउँदै कार्यक्रम रजटपटले हिजो बिहीबार टेलिभिजनमा प्रसारण गरेको थियो l उक्त प्रसारित कार्यक्रममा आफ्नो बारेमा आएपछि शर्माले समाचार बारे घोर आपत्ति जनाएकी छिन् l सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आखिर उक्त भिडियो कसरी बनेको थियो र रजटपटले अतिरञ्जित र भ्रमपूर्ण समाचार प्रसारण गरेको उनको भनाई छ l 

 गरिमाले लेखेको स्ट्याटस यस्तो छ :

 

सम्पूर्णमा नमस्कार, म गरिमा शर्मा । केही समयदेखि नेपाली कलाकारितामा छु । यो क्षत्रमा रहँदा सकेसम्म विवादमा नफस्ने कोसिस गर्दा गर्दै पनि जबरजस्ती विवादमा तानिन्छ । यसै सन्दर्भमा हिजो अर्थात् असार २४ गते साँझ एपिवान टेलिभिजन र रजटपट अनलाइन युट्युब च्यानलबाट प्रसारित कार्यक्रम रजटपटमा मेरो विषयमा निर्माण गरिएको अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्टप्रति गम्भीर आपत्ति प्रकट गर्दछु । नेपाली कला क्षत्र र कलाकारहरूलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरूलाई अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भर्त्सना पनि गर्छु ।केही दिन अगाडी टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्रा टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो । उक्त संवाद कसरी सुरु भएको थियो र के सिलसिलामा थियो भन्ने स-प्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु । तसर्थ त्यो हेरिसकेपछि थप प्रस्ट हुनेछ । उक्त सामाग्री तयार गर्नु अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसङ टेलिफोन सम्पर्क भई, सामान्य विषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनी सत्य तथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपुर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भीर अन्याय भएको महसुस गरेको छु । तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न बाध्य भएको ब्यहोरा पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउनु चाहन्छु ।यस खालको भ्रामक र बदनियतपुर्ण खवरलाइ विश्वास नगरिदिनुहुन म आम् दर्शक र शुभेच्छुकहरूमा अपिल गर्दछु ! साथै यस अन्यायका विरुद्धमा बुलन्द आवाज बोल्दिनुहुन सबैमा अनुरोध गर्छु ।यहाँहरूको अनवरत माया र सद्भावका निम्ति सदैव आभारी छु । नयाँ छु , कमजोर अवश्य छैन l

गरिमा शर्मा २०७८-०३-२५

धन्यवाद !