एपी वान् टेलिभिजन बाट प्रसारण हुने कार्यक्रम रजटपट सबैभन्दा विवादित कार्यक्रमको सुचिमा पर्छ l गासै पिछे ढुङ्गा अड्काउने कार्यक्रम भनेर पनि यस्लाइ दर्शक साथै कलाकारहरुले पनि चिन्न थालेका छन् l सिने क्षेत्रको हरेक खबर सम्प्रेषण गर्ने यस् कार्यक्रम आफैमा नराम्रो भने हैन तर खर्‍ो पत्रकारीताको कारण यस् कार्यक्रमका सन्चालक प्रकाश सुवेदी भने .... l विवादित पनि कती सम्म छ भने सिने क्षेत्रमा कसैले ख्याल ठट्टा गर्न पर्‍यो भने पनि रजटपटमा पुर्यादिन्छु भनेर भन्छन् l कार्यक्रमलाई कलाकारहरुले पटक पटक निवेदन नहालेको पनि हैन l तर भाग्य बलियो रहेको कार्यक्रम l हरेक पटक सम्झौतामानै विवाद टुङगी रहन् छ l हालै पनि यो कार्यक्रम फेरी विवादित बनेको छ l दुर्गेश र गरिमाको समाचार सम्प्रेषण भए सँगै यो कार्यक्रम विवादमा आएको हो l उक्त समाचार आपती जनक भएको भन्दै निर्देशक तथा कलाकार विशाल भण्डारीले रजटपट कार्यक्रम लाई आक्रोश पोखेका छन् l

 

सामाजिक सन्जालमा आक्रोश पोख्दै भण्डारी लेख्छन् :  

रजटपट भन्ने कार्यक्रम मैले सानै देखि हेरेको त्यसबेला प्रकास सुबेदीले देखाएका चटपटे समाचार खुबै मन पर्थ्यो किनभने समाचारको माध्यम अत्यन्त कम थियो सत्य उन्ले देखाए जस्तै होला भन्ने भ्रममा बाचियो । तर बिस्तारै परिपक्क हुदै जादा नायीकाको चरित्र हत्या कलाकारको मान मर्दन पो भएको हो त भन्ने चेतना आयो।।।त्यसै बेला देखी प्रकास सुबेदी लगायत केही चलचित्र पत्रकारको दम्भ यति बड्यो की कलाकारको नाम राख्न थाले , भविस्यवाणी गर्न थाले, अझ नव कलाकारको त हिम्मतनै टुट्ने गरि भनिदिन थाले। अपमान जनक तरिकाले नाम राख्न त अझैपनी छाडेका छैनन्। पहिले देखा थापा भन्थे अहिले दारे चुच्चे भन्न थालेका छन् ।यत्रो लामो अनुभवले नआएको परिपक्कता कहिले आउने होला ? भर्खरै करियर बनाउदै गरेकी गरिमा र गायक दुर्गेसले अभिनयको गेम खेलेको प्रस्ट देख्दा देख्दै कसरि समाचार बनाउन सकेका होलान ।त्यसले नव कलाकारको मानसिकतामा पर्न जाने असर र परिवारमा पर्न जाने दुखको प्रस्टिकरण कस्ले दिने।तपॉईको चटपटे समाचार त बन्यो होला तर त्यस्को पिरो त कलाकारलाई लाग्यो हैन र? अब अत्ति भयो अंकल सुध्रिनुस नत्र कुनै दिन तपाईलाई तपॉईकै Dialogue भन्नु पर्ने दिन आउला  जस्तो छ। बिनासकाले बिपरित बुध्दि