गत विहिबार आफ्नै निवासमा मृत अवस्थामा फेला परेकी नायिका जेनी कुँवरको कोठा बाट एक सुसाइड नोट फेला पारेको छ l उनको सुसाइड नोट ‘वेड’मा भेटिएको थियो । सुसाइड नोटमा उनले आफ्नो मुद्दामा कसैलाई केही नगर्न भनेकी छन् । प्रहरी स्रोतका अनुसार जेनीको नोटमा भनिएको छ, “पुलिस दाइ नमस्ते । मेरो दिमागी हालत ठिक नभएर आत्महत्या गरेकी हुँ । मलाई घरको सबैले र श्रीमान र छोरीले पनि माया गर्नुहुन्छ । विरामले झनझन गाभ्दै गएकाले मैले आत्महत्या गरेकी हुँ । यो केसमा कसैलाई केही नगर्नुहोला l प्रहरीले उनकै निवासमा बिहीबार राती ९ बजे झुुन्डीएको अवस्थामा जेनीलाई फेला पारेको हो  । लामो समय देखि डिप्रेसनको सिकार भएकी जेनी केही समय अघि पशुपति क्षेत्रमा प्रहरीसँग विवाद भएको भिडियोको कारण चर्चामा पनि आएकी थिइन् । उनको केही भिडियोहरू युट्युबमा भाइरल समेत भएका छन् । जिन्दगानी नामक चलचित्रबाट सिनेमा नगरीमा डेब्यु गरेकी जेनीले मैदान, जीवनदाता, कानुन लगाएका दर्जनौँ चलचित्रमा काम गरिसकेकी छिन् ।