वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा मदनलाई उक्त सम्मान प्रदान गरीएको  हो । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई नगद १ लाख र प्रमाण पत्र प्रदान गर्नु भएको हो l कार्यक्रममा मदन कृष्ण उपस्थित भने भएका थिएन् l उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कोभिड–१९ लाई जितेका मदन हाल घरैमा रेस्ट गरीरहेका छन् lनेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय द्वारा श्रेष्ठलाई  सम्मान प्रदान गरीएको हो ।