अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको प्रेम सम्बन्ध बारे मिडियामा हेडलाइन बनी नै रहन्छ l फिल्म 'राम कहानी' मा यी जोडीको केमेस्ट्री रुचाइएका कारण आकाश श्रेष्ठसँग पूजाको नाम जोडिएको हो l यसो त शर्मा को यस अघि पनि अन्य कलाकारहरू सँग नाम नजोडिएको भने हैन l निर्देशक सुदर्शन थापा, पल शाह र प्रदीप खडका सँग उनको नाम जोडी सकेको छ l तर पूजाको आकाशसँग जति घनिष्ठता भने अरू अभिनेतासँग भएन । आकाश सँगको निकटताले गर्दा पनि यी दुई प्रेम सम्बन्धमा रहेको हो कि भन्ने खबरले पनि मिडिया तताइ नै रहन्छ l तर दर्शकले सोचेको सम्बन्ध र मिडियाले लेखेको खबर यती बेला झुटो साबित भएको छ l अभिनेत्री पूजा शर्माले आफ्नो जीवनमा आकाश नभई अरुनै व्यक्तिले ठाउँ लीसकेको उनको भनाई छ lअभिनेत्री प्रियंका कार्कीसँगको चिट च्याट गफमा उनले उक्त कुराको पर्दाफास गरेकी हुन् l आफू मिंगल हुने तयारीमा रहेको पनि बताएकी छिन् l एक फ्यानले ‘कसम सिंगल हो ?’ भनेर सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘सिंगल नभनिहालुम् । मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु । तर, त्यो व्यक्ति आकाश होइन ।’ साथै अर्को वर्षभित्र आफू विवाह बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनले बताइन् । बिहेबारे उनी भन्छिन्, ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन । अब बेला पनि भयो । करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए । अब परिवार अगाडि बढाउनु पर्छ भन्ने भएर हो ।’ आफ्नो व्यक्तिगत जीवन दर्शकले भने अनुसार गर्न नसकिने कुरो पनि कार्यक्रममा उनले उल्लेख गरेकी छन् l