अभिनेत्री ऋचा शर्माको आज जन्मदिन परेको छ । शर्मा आजबाट ३३ पूरा गरेर ३४ वर्षमा लागेकी छन् । उनले आज परेको आफ्नो जन्मदिन घरपरिवारसँग घरमै मनाउँदै छिन् । जस्तो सुकै चरित्र लाई पनि अभिनयमा मज्जाले ढाल्न सक्ने शर्माले सन् २००७ देखि ग्ल्यामर दुनियाँमा प्रवेश गरेकी हुन् । ‘मिस नेपाल’ प्रतियोगिताको उत्कृष्ट दशभित्र पर्न सफल उनले सिनेमा ‘फस्ट लभ’बाट ठुलो पर्दामा डेब्यु गरेकी थिइन् । केही वर्ष अगाडि दिपेक्ष राणासँग विवाह गरेर घरजम बसाएकी उनी अहिले गर्भवती छिन् । उनले अभिनय गरेको फिल्मले बक्स अफिसमा कमालको व्यवसाय गर्न नसकेता पनि अभिनयका हिसाबले भने उनी सफल ठहरिएकी छन् । केही वर्ष अगाडि दिपेक्ष राणासँग विवाह गरेर घरजम बसाएकी उनी अहिले गर्भवती छिन् । ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुन केशरी’, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल २’, ‘टलकजंग भर्सेस टुल्के’, ‘घर’ लगायतका थुप्रै सिनेमामा अभिनय गरेकी उनी हाल् चर्चित कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन' मा जज् को रूपमा रहेकी छन् l