भारतीय टेलिभिजन सिरियल ‘बालिका वधू’ की ‘दादी सा’ अभिनेत्री सुरेखा सीकरीको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको कार्डियक अरेस्टका कारण निधन भएको हो l स्ट्रोक आएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो l मस्तिष्कमा रगत जमे पछि आइसियुमा भर्ना गरिएको भारतीय संचार माध्यममा उल्लेख छ l करीव ५० वर्ष फिल्म क्षेत्रमा आफ्नी जीवन समर्पण गरेकी सुरेखालाई सन् २०१८ मा ‘महाबलेश्वर’ को सुटिङका क्रममा मस्तिष्क घात भएको थियो । जसको कारण लडेर उनको निधारमा चोट समेत लागेको थियो । प्यारालाइसिस समेत भएकी उनी केही समयको उपचारपछि निको भएकी थिइन् l फिल्म ‘बधाई’मा समेत उनले अभिनय गरेकी छन् l