गायक यस कुमार र मिलन नेवारको आवाजमा समावेश गीत 'तिम्रो मन बद्लिएछ' सार्वजनिक भएको छ l दोश्रो भर्सन सार्वजनिक गरिएको यसको सुरुको गीतमा सपना श्रीको स्वर रहेको थियो ।‘तिम्रो मन बद्लिएछ’को नयाँ भर्सनमा कलाकार सागर लम्साल (बले), मोडलद्वाय प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय छ । नव-प्रस्तुतीको रूपमा आकाश कार्कीले अभिनय गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको भिडियो मन छुने बनेको छ । भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका छन् भने सम्पादन विकास धमलाले गरेका छन् ।भिडियोलाई बले एन्टरटेन्मेन्ट बाट हेर्न सकिने छ l