जम्बो गायिकाहरूको आवाजमा समावेश रहेको नयाँ गीत 'जिन्दगी दुई दिनको घाम छायाँ' सार्वजनिक भएको छ l गायिका एलिना चौहान , रचना रिमाल ,अनिता चौलाउने, समीक्षा अधिकारी र बेनिशा पौडेलको आवाज रहेको यस गीतको शब्द संगीत दीपक शर्माको रहेको छ l गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् l नवराज उप्रेतीले खिचेको भिडियो दृश्यको सम्पादन र कलर संयोजन नवीन निरौलाको रहेको छ l  सुबोल थापाको कोरियोग्राफीमा गायिकाहरू सँगै रुवी शाह र निश्मा घिमिरेले भिडियोमा कम्मर मर्काएका छन् l