दुर्गा खरेल र रोशन अधिकारीको आवाजमा गीत 'धर्ती आकाश' सार्वजनिक भएको छ l अर्जुन पोख्रेलको शब्द रचना र संगीतमा तयार पारिएको गीतमा संगीत संयोजन रिदम कँडेलको रहेको छ l उत्सव दाहालले कैद गरेको भिडियोलाई सम्पादन विकास दाहालले गरेका छन् l

भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् l दर्शको नजरमा रहेका अहिलेका प्रिय जोडी पूजा शर्मा र आकाश श्रेष्ठ भिडियोमा फिचर्ड छन् l