राजनराज सिवाकोटीको स्वर र संगीतमा गीत 'फूलकुमारी' रिलिज भएको छ l डा.प्रकाश पौडेलको शब्द रचना रहेको गीतको भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहले अनस्क्रीन रोमान्स गरेका छन्। उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको 'फूलकुमारी' लाई निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन् । गीतलाई युट्युबलगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्म एकै पटक सार्वजनिक गरिएको छ