नायिका नम्रता सापकोटाले दिएको एक अन्तर्वार्ता यती बेला सञ्चार माध्यमको हेडलाइन बनेको छ l सोही अन्तर्वार्तामा बोलेको कुरालाई मध्यनजर राख्दै उनका ट्रोल्हरु पनि बनिरहेका छन् l न्युज २४ मार्फत प्रसारण हुने अन्तर्वार्ता कार्यक्रम इ - टल्कमा आफूलाई सिङ्गल मदर बन्ने ईछ्या रहेको सापकोटाले बताएकी थिइन l ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो बिहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’ बिहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । बिहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय बिस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिङ्गल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् । उनले आफू विवाहको विरोधी नभएको पनि बताइन् । तर, दबाबमा बिहे गर्नु नहुने उनको तर्क छ । आफूले सकारात्मक व्यक्ति नभेटेकाले बिहे नगरेको नम्रता बताउँछिन् । गत वर्ष फिल्म क्षेत्रमा नेपोटिजम रहेको धारणा राखेपछि नम्रता विवादमा समेत तानिएकी थिइन् l