कमल खत्री र सुदिता कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी मुस्काउन’ बोल रहेको गीतको शब्द रचना र संगीत कमलकै रहेको छ । गीतको भिडियोलाई भिजु पार्की र प्रमोद भण्डारी मिलेर निर्देशन गरेका हुन् ।
भिडियोको छायाँकन र सम्पादन पवन सुस्लिङले गरेका छन् l भिडियोमा डान्सिङ विद् द स्टार्स इन नेपालका विजेता भिजु र वुगी उगी विजेता कविता नेपालीको अभिनय रहेको छ ।