नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट विजय ठाडा मगर बाहिरिएका छन् । विभिन्न चरण पार गर्दै उनी ४ जना कोचका उत्कृष्ट ३ प्रतिस्पर्धी टप १२ मा पुगेका थिए । हरेक साता शो बाट २ जना बाहिरिने छन् भने यस पटक चाही मगर उत्कृष्ट १० भित्र  पर्न नसकी बाहिरिएका हुन् l विजय कोच राजुको टिमबाट उत्कृष्ट १२ मा पुगेका थिए । हिमालय टेलिभिजनबाट हरेक शुक्रवार र शनिवार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको शो मा  दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ कोचको रूपमा रहेका छन् l