नारीहरूको महान चार्ड पर्व आउँदै गरेको हरितालिका तिजलाई छेको पार्दै नायिका वर्षा सिवाकोटी र आकाश श्रेष्ठको न्रित्य रहेको तिज भिडियो रिलिज भएको छ l तिलक बस्नेत र संगित सिवाकोटीको आवाज समावेश रहेको 'फनफनी' को  शब्द र संगीत गायक तिलकले नै तयार पारेका हुन l शिव बिकको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई सम्पादन टेकेन्द्र शाहले गरेका छन् l बुद्ध थापाले दृश्य कैद गरेको भिडियोलाई एट के एभरेस्ट मोसन्स पिक्चर्स युट्युब च्यानल बाट हेर्न सकिने छ l