नायिका नम्रता सापकोटा यती बेला चर्चाको विषय बनेकी छिन् l एक अन्तरवार्तामा उनले आफूलाई बिहे नगरीकनै बच्चा जन्माउने चाहना रहेको प्रतिक्रिया दिए पछि सापकोटा कोभिड सरह सिने बजारमा फैलिएकी छन् l अहिले सामाजिक सञ्जालमा उनको आलोचना सँगै प्रशंसा पनि भई नै रहेको छ l यस कुरालाई अन्य कलाकारहरूले खासै मतलब गरेको देखिँदैन l तर नायिका सुरक्षा पन्तले भने बडो मजाका साथ मतलब गरेको देखिन्छ l सामाजिक सञ्जालमा उनले व्यङ्ग्यात्मक शैलीमा नम्रताले दिएको प्रतिक्रिया बारे एक स्ट्याटस लेखेकी छिन् l

Cine pati

म बिहे नै नगरी बच्चा जन्माउन चाहन्छु !म बिहे नगरे पनि बच्चा चाहिँ जन्माउन चाहन्छु !पहिलो कुरो: यी दुई कुराको आशय र भावनामा आकाश र धर्तीको भिन्नता छ । दोस्रो कुरा, फरक नै भए पनि बाल भएन। उनले लेखेको उक्त स्ट्याटसलाई हेर्ने हो भने सुरक्षाले नम्रताको पक्षमा बोलेकी हुन् या होइन भनेर छुट्टाउन चाहिँ गाह्रो छ l