कलाकारिता गरेर पनि गाडी किन्न सकिन्छ भनेर गायक प्रकाश सपुतले केही महिना अघि नै प्रत्यक्ष रूपमा देखाइ सकेका छन् l उनी आँफैले पनि उक्त कुरा बताएका थिए l उनले भनेका सो भनाइ कति ले पत्याए भने कति हावादारी सङ्ख्या  दिए l तर प्रकाशले दिएको सो प्रतिकृयालाई पनि अर्का कलाकार पुष्प खड्काले पनि सत्य  साबित  गरेर देखाएका छन् l उनले सोमबार सेतो रंगको ७० लाखमा क्रेटाको गाडी खरिद गरेका छन् । पुष्प खड्काले आफ्नो मिहिनेत र विश्वासले कार किन्न सफल भएको बताएका छन् ।साथै , मेरो सपना पुरा भएको छ l दर्शक र मेकरले रुचाइ दिनुभएको छ । उहाँहरूको विश्वासलाई कहिले पनि कम हुन दिन्नँ’ मिडियामा पुष्पले अभिव्यक्ति पनि दिएका छन् l फिल्म अझै पनि मार्फत ठुलो पर्दामा पाइला टेकेका पुष्पले हाल सम्म आउँदा दर्पण छायाँ २’, ‘मंगलम’, ‘मारुनी’, ‘दाल भात तरकारी’ जस्ता फिल्ममा अभिनय गरी सकेका छन् । उनले अभिनय गरेका ‘तिम्रो मेरो साथ, मनसँग मन, कृष्ण लीला’ प्रदर्शनको तयारीमा छ l