चर्चित रियालिटी शो नेपाल आइडलको चौथो सिजन प्रसारण हुने भएको छ l केही समय देखी बन्द भएको नेपाल आइडल अब नयाँ प्रतिभाको खोजी गर्दै पुनः प्रसारणमा आउने भएको हो l नेपाल आइडलका निर्देशक सुरेश पौडेलले शो चाडै नै प्रसारणमा आउने जानकारी गराएका हुन् l पौडेलको अनुसार 'फ्रेन्चाइजको अनुमति ३ वर्षको थियो । त्यो सकिएपछि चौथो गर्ने वा नगर्ने दुबिधा थियो । अहिले फ्रेन्चाइजको मौखिक अनुमति पाइसकेका छौँ । लिखित अनुमति प्राप्त भएपछि हामी चौथो सिजनको काममा लाग्नेछौँ ।'केही दिनमा नै लिखित अनुमति पत्र प्राप्त हुनासाथ चौथो सिजनको प्रोमो सार्वजनिक गर्ने पौडेलको भनाइ छ । यस पटक भने शो का जजहरु फेरिने छन् फ्रेन्चाइज गायन रियालिटी शो रहेको 'आइडल' पहिलो सिजनबाट नै चर्चामा आउनुका साथै यस रियालिटी शोलाई दर्शकले अत्यधिक रुचाएका थिए l सोबाट केही गायक/गायिकाको उदय पनि भयो ।