अश्लील फिल्म बनाएको आरोपमा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । (पोर्न फिल्म) बनाएर एप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।  नायिका शिल्पा शेट्टीका पती राजलाई मुम्बई पुलिसको क्राइम ब्रान्चले सोमबार राती पक्राउ गरेको हो । मुम्बई पुलिस ब्रान्चमा गत फेब्रुअरीमा अश्लील फिल्म बनाएको र त्यो अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको भन्दै राज माथि केस दर्ता भएको थियो l यस मामिलामा पुलिसले विभिन्न ठाउँमा छापा मारेर पहिले नै ४ व्यक्ति पक्राउ गरिसकेको छ । मुम्बईको मलाड वेस्टको मढ गाउँको एक घर भाडामा लिइएको थियो । जसमा अश्लील फिल्म छायाँकन भएको थियो । एपीआई लक्ष्मीकान्त सालुखेले उक्त बंगलामा छापा मारेको समय पनि अश्लील फिल्मको सुटिङ चलिरहेको थियो । सो क्रममा आरोपीले एक मात्र नभएर कयौँ एपमा यस्ता फिल्म रिलिज गर्ने गरेको समेत बुझिएको छ । पक्राउ आरोपीको बयान अनुसार र टेक्निकल एविडेन्सको आधारमा यस मामलामा राज कुन्द्रा नै मुख्य दोषी पाइएको छ ।