कलाकारले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा पीडित बासिन्दालाई  घर निर्माण गरिदिने भएका छन् l ४३ वटा पक्की घर निर्माण गर्दिने तयारी गर्दै सोमबार कलाकारद्वारा संचालित सिन्धु सहयोग कोषको समूहले ती क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । कोषको समूहले सिन्धुपाल्चोकबाट पुन निर्माणका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् प्राधिकारका प्रमुखसँग पनि यसबारे कुरा गरेको थियो ।आज बस्ने कोषको बैठकले यसबारे थप योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।हेलम्बुको मगर बस्ती क्यूलमा २४ पक्की घर बनाइदिने कलाकारहरूले जनाएका छन् । ती क्षेत्रको स्थलगत निरीक्षण गर्न कलाकार करीश्मा मानन्धर, पूजा शर्मा ,चेतन सापकोटा ,जितु नेपाल लगायत पुगेका थिए l