हाँस्यव्यांग्य कलाकार कुमार कट्टेलले गीत गाएका छन् ।  जन्मदिनको अवसर पारेर जिग्रीले ‘मञ्जुरी’ बोलको भिडियो रिलिज गरेका हुन् । आवाजमा जिग्रीलाई गायिका मेलिना मैनालीले साथ दिएकी छिन् l भीम बिसीको लय सिर्जना र शब्द रहेको गीतको भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका छन् l

अर्जुन तिवारीले खिचेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् । छायाँकन बुद्ध थापाको रहेको छ । भिडियोमा कुमार र कलाकार रक्षा श्रेष्ठ फिचर्ड छन् । साथै भिडियोलाई द प्रिमिएर प्रोडक्सन युट्युब च्यानल बाट हेर्न सकिने छ l