गायक प्रमोद खरेल देशको राजनीति बारे खासै बोल्दैनन् l  तर पछिल्लो समय देशको राजनीति देख्दा उनी यो पटक भने नबोली बस्नै सकेनन् l सामाजिक सञ्जालमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ताको लागि नेताहरूले समयअनुसार आफ्नो बोली र व्यवहार परिवर्तन गरेको प्रति खर्रो व्यंग्य गरेका छन् । खरेल लेख्छन्:१ वर्षपछि यस्तो चैँ नहोस् please 

 

प्रचण्ड- हामीले जनहिसाबले प्रम बनायौ,एकलौटी बहुमत सरकार जस्तो गरी धोका र बैमानी भो
देउवा- काम गर्ने वातावरण नै दिइएन
ओली- आमाको दूधले नभएर बाको घुँडो चुस्दा हुन्छ र?
बाबुराम- खडग प्रहारबाट बचाइयो तर फेरि हामी चुक्यौ
कार्यकर्ता- मेरो नेता  जिन्दाबाद जिन्दाबाद 
जनता- हेर्‍या हेर्यै

 

 

Cine pati

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई आफूले समर्थन गर्दा धोका पाएको भनेर प्रचण्डले केही दीन अघि बताएका थिए l प्रचण्डको सो अभिव्यक्ति लाई प्रमोदले ब्यङग्य गरेको ठाडै बुझ्न सकिन्छ l