मिर्गौलामा समस्या आएपछि करिब एक महिना देखी हाँस्य कलाकार पल्पसा डङ्गोल उर्फ चम्सुरी अस्पतालमा उपचार गराइरहेकी छिन् l टिचिङ अस्पतालको शैयामा उपचार गराइरहेकी चम्सुरीको दुवै मिर्गौला फेल भएको छ l विगत ५ वर्ष देखी मिर्गौला रोग बाट ग्रसित उनको डायलसिस गर्ने क्रममा रगत नआएपछि आत्तिएकी उनलाई कलाकार तथा निर्देशक दिपाश्री निरौला भेट्न गएकी थिइन् l यसपछि, भने उनी अस्वस्थ रहेको खबर बाहिरिएको हो l बुझिए अनुसार उनको मिर्गौला तत्काल ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको छ l मिर्गौला ट्रान्सप्लान्ट गर्नका लागी ५० लाख भन्दा बढी खर्च लाग्ने निर्देशक निरौलाले केही दीन अगाडी बताएकी थिइन् भने आफूहरूले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेको उनको भनाइ थियो l तर पल्पसाले भने यतिबेला  रकम सहयोग भन्दा पनि किड्नी चाहिएको बताएकी छिन् l हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले पनि पल्पसाका लागि आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्न मिल्छ l त्यसैले यस् बारे छलफल भइरहेको निर्देशक दिपाश्री निरौलाले जानकारी गराएकी छन् l दिपाको अनुसार ‘सुरुमा उपचारका लागि ५० लाख लाग्छ भन्ने कुरा भएपछि हामीले पनि रकम संकलन अभियान सुरु गर्ने कि भन्ने विषयमा छलफल गरेका थियौँ । तर, डाक्टरले १५ देखि २० लाख रुपैयाँ मात्र लाग्ने बताएपछि रकम संकलन नगर्ने कुरा भएको छ । पल्पसाले आफै रकम तिर्न सक्ने बताउनुभएको छ ।’