वरिष्ठ चित्रकार उत्तम नेपालीको निधन भएको छ l काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका उत्तमको ८४ वर्षको उमेरमा आज देहान्त भएको हो l लामो समय देखी मुटु रोग बाट थालिएका उनको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा निधन भएको हो l उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका नेपाली नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य पनि हुन् l कवि र साहित्यकारको मुहार चित्र बनाई प्रदर्शन गरेका उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट सम्मानित भएका थिए ।  साहित्यकार नेपालीले  लेख, रचना र कविता पनि प्रकाशित गरेका छन् l