अभिनेता पल शाह अभिनीत थारु म्युजिक भिडियो 'तोहार प्यार मे' सार्वजनिक भएको छ l सेबिल एन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरिएको भिडियोको गीतमा आवाज नरेश जोगी र अनु चौधरिले दिएका छन् l

पललाई अभिनयमा जेसिका चौधरिले साथ दिएकी छिन् l गीतको शब्द रचना र लय सिर्जना नरेश जोगीकै रहेको छ l 'तोहार प्यार मे' को निर्देशन र कोरीयोग्राफी विक्रम चौहानले गरेका छन् l नवराज उप्रेतीले भिडियोको दृश्य कैद गरेका छन् l