फिल्म ‘प्रेम गीत’ युटुवमा सर्वाधिक हेरिने पहिलो नेपाली फिल्म बनेको छ । सुदर्शन थापाको निर्देशन रहेको फिल्म करीब ५ वर्ष अगाडि ओे एस् आरको युट्युब च्यानल बाट सार्वजनिक गरिएको थियो l हाल सम्म यो फिल्मलाई २५ मिलिएन दर्शकले हेरिसकेका छन् l ‘प्रेम गीत’ लाई सन्तोष सेनले निर्माण गरेका हुन् l युटुवमा सर्वाधिक भ्युज पाउने पहिलो नेपाली फिल्म बनेपछि प्रेम गीत युनिटले दर्शकलाई धन्यवाद दिदैं सामाजिक सञ्जालमा खुसी साटेका छन् । यसै फिल्म बाट नायिका पूजा शर्मा सँग अभिनेता प्रदीप खड्काको नाम जोडिएको थियो l साथै ,उक्त फिल्म बाट प्रदीप र पूजाको करिअरले गति लिएको भनेर भन्दा पनि फरक नपर्ला । नायक प्रदीप खड्का र नायिका पूजा शर्माले फिल्ममा शीर्ष भूमिका निभाएका छन् । आजको दिन सम्म आउँदा निर्माता सन्तोषले प्रेम गीतको  तेश्रो सिक्वेल निर्माण गरिसकेका छन् l साथै , तेश्रो सिक्वेल रिलिजको तयारीमा पनि रहेको छ l