नारीहरूको महान् चाड आउँदै गरेको हरितालिका तिजलाई छेको पार्दै यती बेला धमाधम बजारमा तिजको गीतहरू सार्वजनिक हुन थालेका छन् l यसै क्रममा गायिका एलिना चौहानले पनि बजारमा नयाँ तिज गीत लेराएकी छिन् l दीपक शर्माको शब्द तथा संगीत रहेको ‘यो राता गाला’ बोलको गीतमा एलिनासँगै, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेलको पनि स्वर छ ।

विक्रम चौहानको निर्देशन र नृत्य निर्देशन रहेको यस भिडियोलाई अझै अब्बल बनाउनका लागि मिलन विश्वकर्माले सम्पादन गरेका छन् l प्रकाश खड्काले भिडियोको छायाँकन गरेका हुन् l एलिना चौहानकै अफिसियल युट्युब बाट सार्वजनिक गरिएको भिडियोमा चार गायिका सँगै  मोडलहरू गरिमा शर्मा, गीत ढुंगाना, अनि समारिका स्मारिका ढुंगानाले नृत्य प्रस्तुत गरेका छन् ।