गजलकार तथा गीतकार विष्णु विरही श्रेष्ठले गीति भिडियो सार्वजनिक गरेका छन् l "तिम्रो मायामा" बोलको गीतमा विष्णुकै शब्द रचना छ l साथै, यस गीतमा आवाज गायिका शान्तिश्री परियार र गायक प्रताप दासले दिएका छन् l

दीपकराज विश्वकर्माको संगीत, एरेञ्ज रहेको उक्त गीतको भिडियो निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन् l दिनेश पराजुलीको छायांकन र शिलन लम्सालको सम्पादन भिडियोमा समावेश छ l विजय पुन र वविना विश्वकर्माको भिडियोमा अभिनय छ ।