यस पटकको ‘मिसेस् मंगोल नेपाल २०२१ ’ को ताज अन्जु शेर्पाले आफ्नो पोल्टामा हालेकी छन् l अमेजन इन्टरटेन्मेन्ट आयोजक रहेको कार्यक्रममा अन्तिमका ४ प्रतिस्पर्धीलाई उछिन्दै उनले मिस मंगोलको ताज आफ्नो शिरमा पहिरिएकी हुन् l १५ प्रतियोगीले अन्तिम स्पर्धा गरेको र डा. रेखा थापा, मिसेस् हिमालयन नेपाल माया लामा, ब्युटिसियन नेपाल हेमा पुन मगर र मिसेस् आइकन नेपाल सोनिया ज्याखो निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।प्रतियोगितामा हिरा शेर्पा फस्ट रनर अप, निशा थापा मगर सेकेन्ड रनर अप, शोभा मगर थर्ड रनर अप र गौरी लामा फोर्थ रनर अप हुन सफल भए । विजेता सबैले ताज सहित विभिन्न उपहार समेत हात पार्न सफल भएका छन् ।