गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘ऐना हेरी हेरी' बोल रहेको गीतको शब्द रचना शिव राज योगी र संगीत भीम बिसीको रहेको छ । गम्भीर बिस्टको निर्देशन रहेको भिडियोको दृश्य कैद नवराज उप्रेतीले गरेका छन् l

प्रवीण भाट्टले भिडियोको सम्पादन गरेका छन् l युट्युब एम एट म्युजिक फ्याक्ट्री मार्फत सार्वजनिक गरिएको भिडियोमा आकाश कार्की र अनु काफ्ले फिचर्ड छन् l