अभिनेता दिलीप रायमाझी फिचर्ड म्युजिक ‘जिम्माल बाको छोरो’ बजारमा आएको छ l गायिका इन्दिरा जोशी र रमेश बाबुको आवाज रहेको गीतको शब्द प्रकाश सापकोटाले कोरेका हुन् l भीम ब. श्रेष्ठको गीतमा लय सिर्जना रहेको छ l रोमान्टिक शैलीमा तयार गीत ‘जिम्माल बा को छोरो’ लाई सुब्रत आचार्यले निर्देशन गरेका छन् l
विकास दाहालको सम्पादन, बुद्ध थापाको छायांकन र प्रमोद भण्डारीको कोरियोग्राफी भिडियोमा समावेश छ l अभिनयमा दिलीपलाई गायिका इन्दिरा, गीता ढुंगाना र कमल सिंहले पनि साथ दिएका छन् l