मिस नेपाल शृङ्खला खतिवडाको सौन्दर्यको तारिफ हुन्छ नै यसो त उनको बोलिमा पनि उतिकै मिठास छ l अन्तर्वातामा आफ्नो अभिव्यक्ति दिनु पर्दा उनी सोच बिचार गरेर मात्र बोल्ने गर्छिन् l उनै (बिउटी विथ ब्रेन) शृङ्खला चर्चित कमेडी रियालिटी शो 'कमेडी च्याम्पिएन'मा यो हप्ताको एपिसोडमा गेस्टको रूपमा पुगेकी छन् l उनी दोश्रो पटक च्याम्पिएनमा गेस्टको रूपमा उपस्थित भएकी हुन् l कमेडिएन सुमन कोइरालाले उनी माथि ब्यङग्य गर्दा उक्त समय सुमन सँगै शृङ्खलाको पनि चर्चा चुलिएको थियो l सिसन बानिया सँग नाम जोडेर उनी माथि व्यङ्ग्य गरेका थिए कमेडिएन कोइरालाले l तर उनले आफू माथि व्यङ्ग्य गरेर प्रस्तुत गरिएको कमेडीलाई पनि सकारात्मक तरिकाले नै हेर्ने गरेको बताएकी छिन् l पत्रकारले आफू माथि बनेका ट्रोलमा कत्तिको रमाइलो मान्नु हुन्छ भने प्रश्नमा उनले सो प्रतिक्रिया दिएकी हुन् l
राम्रो कमेडी भए त्यसलाई सकारात्मक रूपमै लिन्छु l तर कमेडीको नाममा सीमा नै पार गरेर व्यङ्ग्य गर्दा चाहिँ नरमाइलो लाग्छ l नेपालमा सबै भन्दा धेरै चलेको बिधानै कमेडी हो l पहिले पहिले १ घण्टा देखी डेढ घण्टा सम्मको प्रहसन हुन्थ्यो कमेडी l तर अहिले समय अनुसार कमेडी पनि छोटिँदै आएर १५ देखी २० मिनेटको भएको छ l समय अनुसार कमेडीको परिभाषा परिवर्तन त हुन्छ l तर परिवर्तन भयो भन्दैमा सीमा नै पार गरेर गरेको कमेडीले मानिसको सोचमा नकारात्मक ऊर्जा दिने खतिवडाको भनाइ छ l