ताप्लेजुङका कलाकार साथै कमेडी च्याम्पिएनका प्रतिस्पर्धी भरत मणि पौडेललाई ६ लाख रुपैयाँ धन राशि दिने घोषणा भएको छ l उनलाई उनको गृह जिल्ला ताप्लेजुङका सांसद योगेश भट्टराइको अग्रसरतामा पुरस्कार दिइने भएको हो । सांसद योगेशले १ लाख नगद, ताप्लेजुङ सरोकार समाजले २ लाख, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख, रेडियो तमोरले १ लाख गरी ६ लाख पुरस्कार दिने घोषणा गरिएको हो । तर, यो रकम भरतलाई कमेडी च्याम्पियनको दौड सकिएपछि मात्र प्रदान गरिनेछ । उक्त धन राशि बाट सम्मान गर्ने हुँदा आफू निकै नै खुसी भएको पौडेलले बताएका छन् l यसमाथि, आफ्नै गृह जिल्लाबाट प्रतिभाको कदर हुँदा झनै खुसी लागेको उनको भनाइ छ l कमेडी च्याम्पीएनमा पौडेल शोको टप ६ मा पुगिसकेका छन् l