गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बिच  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाश र सुनितालाई सद्भावना दूत नियुक्त गरेको हो l नेपालीले भोगिरहेको जोखिमलाई १० वर्षमा कम भन्दा कम गर्न प्राधिकरण लागिपरेको र त्यस कार्यका लागि कलाकारलाई समेत आबद्ध गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जनाएका छन् l सरकारी निकाय सँग पहिलो पटक उनीहरू जोडिएका हुन् l सरकारी निकाय सँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै प्रकाश र सुनिताले सरकारी निकायले कलाकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए आफूले निर्वाह गर्ने भूमिकामा कुनै कसुर बाँकी नराख्ने बताए छन् ।