सिरिज 'हेल्लो ब्रो' को पहिलो एपिसोड रिलिज भएको छ l बुढा सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानल सिरिज रिलिज गरिएको हो l  'हेल्लो ब्रो' अब हरेक हप्ताको बिहीबार ७:३० बजे प्रसारण हुने छ l सलोन सालीना फिल्म्सको ब्यानरमा बि एम एच डी टेलिभिजनको प्रस्तुतिमा सिरिज निर्माण भएको हो । सुरेश न्यौपानेको कथा र निर्देशनमा सिरिज बनेको छ l

प्रशान्त सिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, आकाश बुढाथोकि सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन सिरिजमा समावेश छ l प्रभात पल ठकुरी, सुमिन गुरुङ,एलिस्टा सुवेदी, सृष्टि तिमिल्सिना,मनीषा ओझा, ओजस्वी थापा सन्तोष गिरी लगाएतको 'हेल्लो ब्रो' मा अभिनय रहेको छ ।