दुवै मिर्गौला फेल् भएपछि हाल टिचिङ अस्पतालमा उपचार गराइरहेकी हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले मिर्गौला पाउने भएकी छिन् । विगत १५ वर्षदेखि मिर्गौलाको समस्याबाट डंगोल पीडित थिइन् । हाडनाता चाहिने कानुन भएकाले डंगोललाई मिर्गौला प्रत्यारोपणका लागि समस्या उत्पन्न भएको थियो । केही व्यक्तिहरूले मिर्गौला दिने भएका छन् l पल्पसाका भाइ राजुले ‘अहिले हामीले दिदीका लागि मिर्गौला पाइसकेका छौँ । चार–पाँच जनाले दिने भनेर आउनुभएको छ,’  तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ।’ भनेर जानकारी गराएका छन् l डंगोल परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएको थियो । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गौला खोजी सुरु गरिएको थियो ।