यतिबेला नेपाल अाइडल प्रतियाेगिता चर्चाकाे शिखरमा रहेकाे बेला यसका एक निर्णायक न्ह्यु बज्राचार्यकाे कुर्सी भने खालि देखिएकाे छ । समाचार स्राेतका अनुसार उनी सपरिवार ग्रीन कार्ड लिएर अमेरिका पुगेका छन् । उनले संगीत क्षेत्रमार्फत पुर्याएकाे याेगदानका लागि एक्स्ट्रा अर्डनरी क्याटागाेरीमा ग्रीनकार्ड पाएकाे बताइन्छ । त्यही अाधारमा उनी श्रीमती र दुर्इ सन्तानसहित अमेरिका पुगेकाे बताइएकाे छ ।


एक सन्तानलार्इ अमेरिकामा उच्च शिक्षाका लागि छाेडेर परिवारका बाँकि सदस्य भने केही दिनमा नेपाल फर्कने उनी निकट स्राेतले बताएकाे छ ।

सभार – ग्लोबल भुट्निज