नायिका प्रियंका कार्की र ऋचा शर्मालाई नायिकाहरुले दही चिउरा खुवाएका छन् l दुई ज्युकी रहेकी कार्की र शर्मालाई रेखा थापा, रिमा विश्वकर्मा , केकी अधिकारी, बेनिशा हमाल लगायतले आज दही चिउरा खुवाएका हुन् l उक्त कार्यक्रम भने नायिकाद्वाय केकी अधिकारी र रिमा विश्वकर्माले तय गरेका हुन् l
उसो त नायिका प्रियंका कार्कीले आफू गर्भवती भएदेखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेकी छिन् । बेबी सावरदेखि बेबी स्विमसम्मका l यता ऋचा पनि दुई ज्यान लिएर ‘कमेडी च्याम्पियन सिजन २’ मा जज्को कुर्सीमा बसिरहेकी छिन् । केकी, रिमा, रेखा र वेनिशाले बनाएको दही चिउरा कार्यक्रममा दुई ज्यानका प्रियंका र ऋचा खुसी देखिएका छन् ।