कोरोनाका कारण बन्द रहेको कमेडी शो 'मुन्द्रेको कमेडी क्लब' भोलि बाट प्रसारणमा आउने भएको छ l स्वास्थ्य मापडन्डको नियम पालना गर्दै शोलाई नियमित प्रसारणमा ल्याउने तयारीका साथ छायाँकन सुरु गरिएको छ l कोरोनाको दोस्रो लहर सुरु भएसँगै गरिएको निषेधाज्ञामा पुरानै शो प्रसारणमा आइरहेको थियो l नेपाल टेलिभिजनबाट सोमबार बेलुका प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ लोकप्रिय कमेडी कार्यक्रम अन्तर्गत पर्दछ । ‘हामीलाई विभिन्न कठिनाइहरू छन् । कत्ति कुराहरू चाहेर पनि गर्न नसकिने बाध्यता पनि छन् । सानो देश छ, सानो व्यापार छ । त्यसमा पनि कोरोनाले सबै क्षेत्र थिलोथिलो बनाएको छ’ जितु लेख्छन्–‘र पनि हामी जसोतसो अगाडि बढ्ने कोसिस गर्दैछौं ।’ साथै, आगामी दिनमा पनि दर्शकहरूको चाहानालाई मध्यनजर गरेर कार्यक्रमलाई अगाडि बढाउने जितुले बताएका छन् l