निर्देशक नवल नेपालको निर्देशनमा सिरिज ‘दिल चुप छ’को प्रसारण आरम्भ भएको छ । नवराज गिरी र सरस्वती गिरीको निर्माण रहेको सिरिजमा दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ l

हरेक शनिवार बेलुकी साढे ७ बजेबाट  सिरिज बी एम एच डी टेलिभिजनमा सिरिज प्रसारण हुने छ l सरोज खनाल, सूर्य माला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने लगायत कलाकारको सिरिजमा अभिनय रहेको छ ।