गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल( सन्देश ) को शब्द रचना रहेको छ।

दीपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई विशाल (माइलो) ले छायाँकन तथा उज्ज्वल ढकालले सम्पादन गरेका छन्। भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।   भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन्।