गत वर्ष देखी कोरोनाका कारण लम्पसार परेको मनोरञ्जन क्षेत्र उठ्न सक्ने सम्भावना एकदमै न्यून छ l अन्य व्यापार व्यवसाय र यातायातले गतिविधि लिन थाले पनि मनोरञ्जन क्षेत्र झन् खस्किँदै गई रहेको छ l सरकारले मनोरञ्जन क्षेत्र प्रति बेवास्ता गरेपछि मनोरञ्जन क्षेत्रमा कार्यरतहरू निराश भइरहेका छन् l विगत तीन महिनादेखि फिल्म निर्माण र प्रदर्शनमा सरकारले प्रतिबन्ध लगाएको छ । विकास बोर्डले मनोरञ्जन क्षेत्रलाई ध्यान पुर्याउनु पर्यो भनेर सरकार समक्ष अनुरोध नगरेको पनि हैन l तर सपाङ्ग भएर पनि अपाङ्ग भएको नाटक गरेको सरकारले मतलब नगर्नु भनेको स्वभाबिक नै हो l हाल सम्म २५ भन्दा माथि सिनेमा हलहरू बन्द भइसकेका छन् l यसरी नै कोरोनाले आफ्नो गति लिँदै जाने हो भने आउने दिनमा सिनेमा हल्ल पनि थियो र भनेर खोज्नु पर्ने अवस्था नआउँला भन्न सकिँदैन l यही डरले गर्दा पनि निर्माता निर्देशकहरुले सरकारको निर्णय बेवास्ता गर्दै निषेधाज्ञाका कारण अधुरैमा रोकिएको फिल्मको छायांकन सुरु गर्न कस्सिएका छन् । यसै क्रममा निर्देशक मदन घिमिरेले पनि आफ्नो रोकिएको फिल्म ‘आँधी तुफान २’ को छायांकन सुरु गरेका छन् l फिल्मका लेखक तथा निर्माता मौनता श्रेष्ठले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर छायांकन सुरु गरेको जानकारी दिएका हुन् l फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण हुन लागेको हो ।