चर्चित रियालिटी सो नेपाल आइडलको चौथो सिजन प्रसारण हुने खबर केही दिन अगाडि सार्वजनिक भएको थियो l पुनः नयाँ प्रतिभाको खोजी गर्दै प्रसारणमा आउने खबरले दर्शकहरू निक्कै नै उत्साहित छन् l यस पटक भने शोले जजहरू परिवर्तन गर्ने भएको छ l एकातिर उत्साहित छन् भने अर्कातिर सोमा जजको हुन्छ भनेर दर्शकको मनमा कौतुहलता हुन थालेको छ lसाथै कतिले त यो जज भए सो अझै उत्कृष्ट हुन्थ्यो भनेर पनि अड्कल काटेका छन् l शम्भु जित बास्कोटा , अमृत गुरुङ, सुगम पोख्रेल , राजेश पायल राई , मेलिना राई लगायत गायक गायिकालाई दर्शकले सो सँग जोड् दिएका छन् l यसै गरी राम कृष्ण ढकाल , कर्ण दाश , सिभ परियार र अन्जु पन्त पनि जजको रूपमा हुँदा राम्रो भन्ने दर्शकको भनाइ छ l फ्रेन्चाइज गायन रियालिटी शो रहेको 'आइडल' पहिलो सिजनबाट नै चर्चामा आउनुका साथै यस रियालिटी शोलाई दर्शकले अत्यधिक रुचाएका थिए l शोबाट केही गायक/गायिकाको उदय पनि भएको थियो l