एक्सन स्टार बिराज भट्ट घाइते भएका छन् l भोजपुरी फिल्म ‘आक्रोश’ मा‘एक्सन स्ट्रिन्ट गर्दा उनी घाइते भएका हुन् l उनको बाँया खुट्टामा चोट लागेको छ भने भित्र रगत जमेको भट्टले बताएका छन्   l डाक्टरले १५\२० दिन आराम गर्नु पर्ने सुझाव दिए पस्चात यती बेला फिल्मको  छायांकन रोकिएको छ  l साथै फिल्मको ४० प्रतिशत छायांकन सकिसकेको छ l  'आक्रोश' लाई सन्दीप सिंहले निर्देशन गरेका छन् l विराजको अलावा फिल्ममा प्राची सिंह, सञ्जय पाण्डे, मनोज टाइगरलगायत कलाकारको अभिनय रहेको छ ।  यही फिल्मको लागि भनेर बिराज केही दिन अघि मात्रै लखनौ प्रस्थान गरेका थिए l