बलिउड अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको फिल्म ‘मिमी’ रिलिज अगावै इन्टरनेटमा पाइरेसी भएको छ l ओटीटी 'टेलिग्राम' मार्फत फिल्म पाइरेसी भएको हो l रिलिजको ४ दिन अगावै इन्टरनेटमा लिक भएको यो फिल्म जुलाई ३० मा नेटफ्लिक्समा रिलिज हुने वाला थियो । फिल्ममा कृति फरक भूमिकामा देखिएकी छन् l यस फिल्मको लागि भनेर उनले १५ केजी तौल बढाएकी थिइन् । पैसाको लोभमा भाडामा बच्चा जन्माउन तयार भएकी कृतिलाई बच्चा चाहानेले लिन अस्वीकार गरेपछि आउने परिस्थितिको वरिपरि फिल्म बनेको छ । कृतिको अलावा फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा देखिएका छन् l