कलाकारिता पेसा गरेर आफ्नो जीवनलाई सहज र सरल तरिकाले जिएका कलाकारहरू न्यून नै छन् l बाँकी त जीवन चलाउन नसकेर विदेश नै हानिएका छन् l भने,कति व्यापार बिजनेशलाई नै दोश्रो बाटो रोजेका छन् l कलाकारिता आफैमा एउटा असुरक्षित पेसा हो l यसको कुनै पनि ग्यारेन्टी छैन l महानायक राजेश हमालले पनि यही भनेका छन् l कलाकारिता नेपालमा मात्र नभएर विश्वमै असुरक्षित पेसा रहेको उनको भनाइ छ l हालै उनले दिएको एक अन्तरवार्तामा सो कुरा खुलाएका हुन् l हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’मा प्रस्तुत कर्ता अनुपराज शर्माको प्रश्नमा हमाल उत्तर दिएका हुन् l ‘मलाई धेरै नयाँ भाईबहिनीहरुले म कलाकारितामा आउन चाहन्छु । चलचित्रमा आउन चाहन्छु त्यसका लागि के गर्नुपर्छ दाइ भन्नुहुन्छ’ उनले भनेका छन्–‘मैले उहाँहरूलाई कलाकारिता भनेको नेपालमा मात्र नभएर विश्वमै असुरक्षित पेसा रहेको बताउँछु ।’‘यो वर्ष त म चलेँ । अब अर्को वर्ष चल्छु कि चल्दिनँ भनेर सधैँ असुरक्षित महसुस हुन्छ ।’ उनले पहिलो चलचित्र भव्यताका साथ रुचाइए पनि दोस्रो चलचित्र सोही अनुसार रुचाइन्छ भन्ने कुनै ग्यारेन्टी नहुने बताए । पहिलेको कुरा स्मरण उनले भनेका छन् 'चलचित्र क्षेत्र असुरक्षित भएकै कारणले मेरो परिवार यो पेसाप्रति सकारात्मक हुनुहुन्न थियो l आफूले बुबासँग गरेको वाचा सम्झँदै हमालले भनेका छन्–‘मैले बुबालाई २–३ वर्ष समय दिन भनेको थिएँ । यदि यो क्षेत्रमा सफल भइनँ भने बुबाले नै भनेको मान्छु भनेर वाचा गरेको थिएँ ।’ तर, हमालले दुई–तीन वर्ष कुर्नुपरेन । पहिलो वर्षबाटै उनको चर्चा, व्यस्तता यसरी भयो कि उनले कहिल्यै फुर्सद पाएनन् । हमालले आफ्नो कलाकारिता यात्रा सम्झिएर आफै अचम्मित हुने गरेको बताएका छन् । यसै गरी अनुपराज शर्माले ‘नायक नबनेको भए राजेश हमाल के बन्नुहुन्थ्यो होला ?’ भनेर प्रश्न गरेका छन् l यो प्रश्नको उत्तरमा हमालले –‘यसमा सफल भइनँ भने यसमा जान्छु भन्ने ठोस योजना भन्दा पनि यसमा सफल नभए समय वर्वाद गर्नु हुँदैन, मैले आफ्नो जीवनका लागि अर्को बाटो अपनाउनुपर्छ भन्ने सोच्थेँ