चलचित्र विकास बोर्डले दोस्रो पटक पटकथा आह्वान गर्दै बिगयप्ती जारी गरेको छ l मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि भन्दै बोर्डले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै इच्छुक फिल्मकर्मीबाट पटकथाको माग गरेको हो । बिग्यप्तीमा सहभागी हुन चाहने लेखकले ६० दिन भित्र पटकथा बुझाउनु पर्ने उल्लेख गरेको छ l पहिलो साल '२०७७' मा बोर्डले ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका कथा मध्येबाट छानिएका ५ मौलिक कथालाई निर्माणमा सघाउने घोषणा गरेको थियो । साथै,कार्यविधि अनुसार दुई फिचर फिल्म, दुई डकुमेन्ट्री र एउटा सर्ट फिल्मलाई राज्यले निर्माणमा सघाउने कार्यविधिमा बताइएको थियो l
यस पटक बोर्डले यसरी प्रतिस्पर्धामा आएका पटकथामध्ये केहीलाई छानेर सह निर्माण गर्ने र लेखन प्रक्रियामा पनि आवश्यकताअनुसार विशेषज्ञता उपलब्ध गराउने पनि जनाएको छ l