किशोर भण्डारी 'डिट्ठा साव' को निर्देशन रहेको टेलीसिरियल 'हाम्री झ्याउँकिरी' हरेक शुक्रवार बेलुकी ७:४५ बजे प्रसारण हुने भएको छ l समय परिवर्तन गर्दै सिरियल बि एम एच डी टेलिभिजनमा बेलुकी ७ बजे र सोही दिन  ७:४५ मा युट्युब च्यानल हाल्फ टाइम क्रिएसनमा सार्वजनिक हुने भएको हो l सिरियलको कथा रेश्मा तिमल्सिना 'बुनूँ मैचा' को रहेको छ l 

निर्देशक किशोर र रेश्मा तिमील्सिना ' बुनूँ मैचा' सँगै कृष्ण भक्त महर्जन, लीला केसी , सुन्दर लामिछाने, पुष्प अवस्थी, गीता नेपाल ,सञ्जय लामा, जानुका दाहाल ,सौभाग्य सिंह राई लगायत कलाकारहरूको अभिनय रहेको छ l त्यसै गरी बाल कलाकारमा पछिल्लो समय चर्चामा रहेकी लोक दोहोरी गायिका आयुशा गौतमको पनि भूमिका रहेको छ l दुर्लब श्रेष्ठको छायाङकन र सम्पादन सिरियलमा समावेश छ l