लामो समय देखी चर्चामा रहेको शारुखको आगामी फिल्म 'पठान' हो l घोषणा देखी नै चर्चामा रहेको यस फिल्म अहिले छायाङ्कनको क्रममा रहँदा पनि चर्चा रोकिन छाडेको छैन l पछिल्लो समय त फिल्ममा दिपिका पादुकोणको एन्ट्री रहेको खबरले रँग क्षेत्रमा छुटै तरङग ल्याएको छ l भारतीय सञ्चार अनुसार दिपिकाले फिल्ममा अन्तर्राष्ट्रिय स्तरको एक्सन गर्ने खबर उल्लेख छ l दीपिकाले फिल्म ‘पठान’मा अहिले एक्सनका सिक्वेलको सुटिङ गरिरहेकी छिन् l फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जुन एक्सन उनले केही समय अघि हलिउड फिल्ममा गरेकी थिइन् l शाहरुख र दीपिकाको अलवा जोन अब्राहम समेत मुख्य भूमिकामा देखिनेछन् फिल्ममा l निर्देशक सिद्धार्थ आनन्दले 'पठान'को निर्देशन गरेका छन् l