१० वर्ष देखी ओस्कार फिल्म कलेजमा प्रिन्सिपलको रूपमा कार्यरत गर्दै आइरहेका निर्देशक विनोद पौडेल पद्द मुक्त भएका छन् l उनले प्रिन्सिपल तथा सीईओ पदबाट राजीनामा दिएका हुन् । नेपालमा फिल्म कलेजलाई स्थापित गर्नमा पौडेलको ठुलो भूमिकामा रहेको छ l फिल्म मेकिङमै केन्द्रित हुने सोचले आफूले प्रिन्सिपल पद्द बाट राजीनामा दिएको उनको भनाइ छ l कलेज लाई एउटा स्थानमा पुर्‍याएर आफू बिदा हुन पाउँदा उनी खुसी छन् l फिल्ममा इछ्या भएता पनि आर्थिक समस्याका कारण बाहिर पढ्न जान नसक्नेहरूलाई मध्य नजर गर्दै उनले कम् पैसामा पढ्न सक्ने गरी कलेज स्थापित गरेका थिए l पुराना दिन सम्झँदै पौडेल भन्छन् l ‘कलेजलाई एउटा स्थानमा पुर्‍याउन आवश्यक थियो । नेपालमा फिल्म कलेज चल्न सक्दैन भनेर त्रिबिले ओस्कार कलेजको सम्बन्धन नै खारेज गर्ने अवस्था आएको थियो । आफूले एमबिए र फिल्म मेकिङ पढेकाले कलेजलाई चलाउन सकिन्छ भनेर मैले म्यानेजमेन्ट टिमसँग ६ महिनाको समय मागेको थिएँ र आज कलेजलाई एउटा लेभलमा पुर्‍याउन सकेँ जस्तो लाग्छ ।’ म ओस्कार कलेजमा आउँदा विद्यार्थीहरू परिवारसँग ढाँटेर पढ्न आउँथे । त्यो देख्दा नराम्रो लाग्थ्यो । तर, अहिले परिवार आफैँ कलेजमा आफ्नो बच्चालाई भर्ना गर्न आउनुहुन्छ । यो भनेको समाजका लागि ठुलो फड्को हो । पहिला मैले फिल्म पढिरहेको छु भन्दा धेरैले विश्वास गर्दैन थिए । यो पनि पढ्ने विषय होर भन्थे । तर, अहिले फिल्म सम्मानित विषय बनेको छ ।’ पौडेल 'बुलबुल' फिल्मका निर्देशक पनि हुन् l